दोहा , कामदारले रोजगार परिवर्तनका लागि आवेदन बुझाउँदा आफ्नो राजीनामा प्रति पनि समावेश गर्नुपर्ने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक उपसचिव मोहम्मद हसन अल ओबैदलीले बताएका छन् । त्यस्तै कामदारले परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक रहेको उनले भनेका छन् ।कतार टिभीको एक कार्यक्रममा बोल्दै अल ओबैदलीले मन्त्रालयमा पेश गरिएको रोजगार परिवर्तनको आवेदनलाई श्रम कानूनको नियम र निति पालना गरी स्वीकार वा अस्वीकार गर्न मुल्यांकन गरिने बताएका छन् ।

निवेदन प्राप्त भएमा मन्त्रालयले रोजगारदाता र कामदारलाई म्यासेज पठाउनेछ र कामदारले कम्पनी बदल्न खोजेको सूचनाको बारेमा जानकारी दिईनेछ । मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन पूर्ण स्वीकृत भएको जनाउँदैन बरु हालको रोजगारदाता लाई निवेदन प्रक्रियामा रहेको जानकारी गराउनेछ र निवेदनको अन्तिम काम नभएसम्म कामदारलाई कम्पनीमै राख्न लगाईनेछ । साथै रोजगारदाताले म्यासेजमा आएको हटलाइन नम्बर र ईमेल ठेगाना मार्फत कामदारको निवेदन माथी सोधपुछ गर्न पाउने अधिकार रहेको छ ।

Leave a Reply

Your email address will not be published.