नेपालगञ्ज, १६ असोज । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको काेराेनाकै कारण मृत्यु भएको हाे ।

बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ः३० मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिनुभयाे ।

 

५९ वर्षीय डा. सापकोटा यही भदौ २९ गतेदेखि सोही अस्पतालमा उपचाररत रहेकोमा श्वासप्रश्वासमा समस्या देखापरेपछि असोज १ गते अस्पतालको कोभिड विशेष आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उनले मधुमेह र उच्च रक्तचापको नियमित औषधि लिइरहेतापनि अस्पतालमा भर्ना हुँदा उनको मधुमेह नियन्त्रणमा नरहेको अस्पतालले जनाएको छ ।

डा. सापकोटालाई सुरुमा अक्सिजन मात्रा सामान्य बनाउन तथा ब्लड सुगर नियन्त्रणको निम्ति विभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिक दिइएको अस्पतालले जनाएको छ ।

साथै, अक्सिजनस्तर सामान्यभन्दा कम रहेकाले कन्टिनियुस पोजेटिभ एअरवे प्रेसर (सीपीआर) मा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

सीपीएपीमा पर्याप्त अक्सिजनस्तर कायम नभएकाले विलिभल पोजेटिभ एअवे प्रेसर तथा पछि हाइ फ्लो नसल क्यानुलामा समेत राखी उपचार गरिएको थियो । यस बीचमा उनलाई रिम्डिसिभिरका साथै प्लाज्मा थेरापी प्रयोग गरिएको थियो ।

उपचारको क्रममा उनको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् थप सुविधासम्पन्न ठाउँमा पठाउने हरसम्भव प्रयास गरिएको भए पनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा अन्यत्र पठाउँदा बाटोमा दुर्घटना हुने सम्भावना देखिएपछि उहाँलाई अन्यत्र लान नसकिएको अस्पतालले उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.

You missed