एजेन्सी, १३ असोज । कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको ९१ वर्षको उमेरमा निधन भएको छ।कुवेत सरकारका अनुसार शेख सबाको अमेरिकास्थित अस्पतालमा निधन भएको कुवेत सरकारले जनाएको छ।
शेख सबालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ। उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री थिए। त्यसपछि उनी प्रधानमन्त्री भए। सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए।
उनको जुलाई २०२० मा एक शल्यक्रिया गरेको थियो । त्यस लगत्तै उनलाई अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्याइएको थियो।