काठमाडौं। अघिल्लो बर्ष भदौ महिनादेखिनै यातायात व्यवसायी प्रकाश दाहाल निक्कै व्यस्त हुन्थे । उनको कम्पनीमा रहेका २० वटा गाडीसँगै उनले स्थानीय गाडीहरुको समेत व्यवस्थापन गरेर काठमाडौंबाट दैनिक रुपमा तराइका विभिन्न जिल्लाहरुमा सवारी साधनको व्यवस्थापन गर्थे । अरु समयमा भन्दा दसैमा अत्याधिक माग रहेकोले दसैमा उहाँको परिवाका अरु सदस्य समेत टिकट काट्ने काममा सहयोग गर्थे ।काठमाडौं, भक्तपुरमा समेत उहाँहरुको टिकट काउन्टर थियो । बनेपामा रहेको टिकट काउन्टरमा समेत निक्कै भीडभाड हुन्थ्यो ।तर यो बर्ष त्यस्तो छैन । उहाँहरुको काठमाडौ, भक्तपुर र बनेपामा रहेको टिकट काउन्टरबाट एउटा पनि टिकट काटिएको छैन । अघिल्लो बर्षसम्म अग्रिम टिकटको लागि भिडभाड हुने काउन्टरहरु खालि छन् ।उहाँले आफ्नो लामो दुरीमा चल्ने २० वटा गाडी पार्किङमा राख्नु भएको महिनौ भैसक्यो । लकडाउन खुलेपछि गाडीहरु संचालन हुने आसामा रहुन भएका उहाँले एउटा बस पनि संचालन गर्न सक्नु भएको छैन ।नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुले यो दसैको लागि अग्रिम टिकटको बारेमा अहिलेनै नसोचेको बताउनुभएको छ ।
‘बसहरु खालि दौडन बाँध्य छन् यो बर्ष अग्रिम टिकट काट्नै पर्दैन होला’ कर्माचार्यले भन्नुभयो ।‘ अहिले काठमाडौं उपत्यका छाडेर जाने बसहरुमा यात्रुहरु नभएकाले अहिलेनै अग्रिम टिकटको बारेमा महासंघले निर्णय गरेको छैन’अध्यक्ष कर्माचार्यले भन्नुभयो ।गोरखापत्र