सुरज मेघनाथ / १ असोज
बाँकेको साविक रनियापुर गा.वि.स.वडा नं. ८ रनियापुर वस्ने वर्ष १९ को नुर सलाम खाँ लाई मिति २०५४।११।०७ गते वडा नं. ८ चमकदारपुर स्थित साविक रनियापुर गा.वि.स.वडा नं. ८ हाल खजुरा गा.पा.वडा नं. ८ रनियापुर वस्ने वर्ष ३८ को आजात खाँ ले छातीमा गोली हानी हत्या गरेको थिए । बाँके जिल्ला अदालतले मिति २०७२।०६।१७ गतेको आदेशले २० वर्ष कैद सजाय भई फरार रहेका निज आजात खाँ लाई घरको आसपास मै बसेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको विशेष प्रहरी टोलीले निज प्ररार आजात खाँ लाई फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर रानाले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published.