आज विहीवार हिन्दू धर्मावलम्बीहरुले आजको दिन गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । बिहीवारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास रहि आएको छ । आजको दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।

व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

भगवान विष्णुः ब्रह्मा, विष्‍णु, महेश तिनटै त्रिदेवमा भगवान विष्णुलाई संसारको पालनहारको स्‍थान प्राप्‍त छ र यिनका भक्त वैष्णव भनिन्छन। गुरू भगवानका भक्‍त उनलाई कयौ नामहरु बाट पुकार्छन कोई उनलाई जगन्नाथ भगवानको रूपमा पुजछन भने कोई कृष्णको रूपमा भने कोई पदमनाभ स्वामीको रूपमा। यि सबै नै रूपहरुको मूल श्री विष्णु नै हुन। बिहिवार भगवान विष्णुलाई समर्पित दिन मानिन्छ । यिनलाई सत्य नारायण भगवानको नामबाट पनि पुजिन्छ, परंतु यस दिन यिनको पूजा र व्रत गुरू भगवानको रूपमा गरिन्छ।

बृहस्पति पूजाः बिहिवारको दिन भगवान बृहस्पतिको पूजा गरिन्छ । गुरुवारको दिन पूजा गर्दा भगवान विष्णु प्रशन्न हुनुहुन्छ र चाहेको वरदान दिनु हुन्छ। बिहिवारको दिन पूजा गर्नका लागि पहेलो कपडा धारण गर्नु पर्दछ। पूजामा सबै बस्तु पहेलो रंगको नै उपयोग गर्नु पर्दछ। त्यहि अर्को तर्फ केहि बस्तुहरु बार्नु पनि पर्नसक्छ ।

बृहस्पतिदेव लाई बुद्धि को कारक पनि भन्निन्छ। केलाको बोटलाइ हिन्दू धर्मानुसार पवित्र मानिन्छ। बृहस्पतिवारको दिन भगवान विष्णुको पूजा गरिन्छ। अग्नि पुराणको अनुसार बिहिबारको व्रत अनुराधा नक्षत्र युक्त बिहिबारबाट आरंभ गरेर लगातार ७ बिहिबार गर्नु पर्दछ । पूजा पश्चात कथा सुननु पर्दछ। यो दिन पहेलो वस्त्रों, पहेलो फल को प्रयोग गर्नु पर्दछ। मान्यतानुसार यो दिन एक पटक बिना नुन को पहेलो भोजन गर्नु पर्दछ। भोजनमा चनाको दालको पनि प्रयोग गर्न सक्नु हुन्छ। आउनुहोस जानौ कसरि गर्ने बिहिवारको पूजा जसले तपाईको घरमा शुख समृद्धि आओस।

पूजन विधिः बिहान स्नान आदि पश्चात पहेलो बस्त्र लगाउ। त्यस पश्चात पहेलो फूल र गुड़ चनाको दाललाई एक साथ मिलाएर प्रसाद बनाउ। यस प्रसादलाई भगवनलाई अर्पण गरेर पूजा गरौ। यसले भगवान विष्णु प्रसन्न भएर उहाको आशीर्वाद तपाईको घरमा सधै बनिरहनेछ । बिहिवारको पूजा विधि-विधानको अनुसार नै गर्नु पर्दछ। बृहस्पति देवको पूजा पहेलो वस्तुएं, पहेलो फूल, चनाको दान, पहेलो मिठाई, पहेलो चावल आदिको भोग लगाएर गरिन्छ। केलाको गाछिमा बसेर भगवान बृहस्पतिको तस्वीर राखेर पूजा गरिन्छ। यो पूजा भगवान बृहस्पति देवको व्रत कथा पढेर पुरा हुन्छ ।

बिहिवारको व्रत राख्दा यस्तो चीजको सेवन नगरौ, जस्को प्रयोग पूजामा गरिन्छ । बिशेश गरेर केलाको पूजा गरिन्छ, त्यसैले केला फलको रूपमा यस दिन नखाऔ। पहेलो वस्तु दान गर्दा मनलाई शांति र घरमा सुख आउन्छ । भगवान बृहस्पति देवको पूजा मात्रले तपाईको घरमा गुरुको वास हुन्छ। विष्णु जहां रहनुहुन्छ वहां माता लक्ष्मी पनि बस्नुहुन्छ। त्यसैले बिहिवारमा भगवान विष्णुको पूजा गर्दा माता लक्ष्मीको पनि पूजा गरौ। मनमा नकरात्मक विचार त्यागेर भगवानको नाम लिऔ।

Leave a Reply

Your email address will not be published.