काठमाडौं, ३० भदौ । अठार घण्टा लामो लोडसेडिङ अन्त्य गरेर उज्ज्यालो नेपाल निर्माण गर्न सफल भएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन् ।

चरम घाटामा रहेको प्रधिकरणलाई नाफामा लैजान सफल भएका कुलमान जनतालाई उज्यालो दिन सफल भएका थिए । दुई दशक अघि प्रधिकरणमा सातौं तहमा इन्जिनियरको सामान्य जागिर जीवन शुरु गरेका कुलमानले प्राधिकरणको नेतृत्वमा पुगे लगत्तै देशलाई लोडसेडिङबाट मुक्त गर्न सफल भए ।

२०७३ भदौ २९ गतेबाट प्राधिकरणको नेतृत्व गरेका कुलमानले पहिलो बर्षमै लक्ष्मीपुजाको दिन झलमल्ल पारेर लोडसेडिङको अन्त्य गरे । लक्ष्मीपुजाको साँझ सबै भन्दा बढी बिद्युत खपत हुने मानिन्छ ।

लक्ष्मीपुजाकै दिनबाट प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गर्यो । प्राधिकरणको नेतृत्व सम्हालेकै बर्ष उनले प्रािधकरणलाई १ अर्व ४७ करोड नाफा गर्न सफल बनाए ।

Leave a Reply

Your email address will not be published.