काठमाडौं, ३० भदौं । ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङ चारबर्षे कार्यकाल पूरा गरेर आज बिदाई हुनुभएपछि रिक्त रहेको उक्त स्थानमा मन्त्री पुनले कोइरालालाई नियुक्त गर्नुभएको हो । कोइराला बाह्रौं तहका उपकार्यकारी निर्देशक हुनुहुन्थ्याे ।