सुरज मेघनाथ २७ भदौ बाँके  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कब्रस्तानमा हाईमास्ट लाइट जडान कार्यको शिलान्यास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले वडा नम्बर ४ को शाबा कब्रिस्तानको हाईमास्ट लाइट जडान हुने भएको छ । उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मो. सफिक बेहनाको ज्युको पहलमा नेपालगन्ज उपमहानगरपालिकाले करिब ९ लाख लागत बराबर पर्ने हाईमास्ट लाईट जडान गर्ने भएको छ। शाबा कब्रिस्तान क्षेत्र लगायत बाहिरी सडकमा समेत उज्यालो आउने र रातिको समयमा पैदल यात्री लाई पनि उक्त लाइट जडानले फाइदा पुग्ने अध्यक्ष बेहनाले बताउनु भयो । अध्यक्ष मो. सफिक बेहनाका अनुसार उक्त हाईमास्ट लाइट जडान कार्य धेरैमा एक महिना भित्रै पूरा हुने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published.