चितवन, २७ भदौं । रुखको हाँगा का’ट्ने क्रममा क’रेन्ट लागेर चितवनमा दुई जना सैनिकको ज्यान गएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको शनिबार आज बिहान मृत्यु भएको हो । सैनिक क’म्पाउण्ड भित्र रहेका रुखको हाँगा का’ट्दा उनिहरूलाइ क’रेन्ट लागेको थियो । क’रेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
