फिल्म ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको नसा फुटेर मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो ।
फोक्सोमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको हो । उनको बिहिबार अन्तेष्टि गरिने छ ।
‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल फिल्म लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए । उनको लेखन तथा निर्देशनमा रहेको फिल्म ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन ।
अहिले छेतन ‘प्रेम गीत’ टिमसँगै मिलेर ‘हुतुतु’ नामक फिल्म निर्देशनको तयारीमा थिए ।