दिङ्ला, २२ भदौ । भोजपुरको षडानन्द नगरपालिका वडा नं.२ कुदाककाउलेमा १२ वर्षीय एक बालिकाको शव फेला परेको छ । स्थानीय टिकाराम राईको १२ वर्षीय छोरी १२ अमि राई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत बालिकाको शव उनकी दिदि टिना राईले करिब आईतबार बिहान १०ः३० बजेको समयमा फेला पारेकी पारिवारिक स्रोतले जनाएको छ ।

दिदि बहिनि संगै घाँस काट्न गएको र बहिनी गोठमा आएर घर फर्किन ढिला भएपछि दिदि खोज्न जाँदा कटेरोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घर देखि करिब ५ सय मिटर टाढा रहेको गोठमा उनको शव भेटाईएको ईलाका प्रहरी कार्यलय दिङ्लाले जनाएको छ ।

१२ वर्षीय बालिकाले आत्माहत्या के कारणले गरेका हुन भन्ने नखुलेको र बालिकाको शव सोमबार पोष्टमार्टमको लागि खाँदबारी पठाईने ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.