नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेबाट अवैध लोडेड भरुवा बन्दुकसहित एक जना शिकारीलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बिओपी कालाबन्जारबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले गएराती १ बजे डुडुवा गाउँपालिका वडा नम्बर ६ शिखनपुर्वाका ५६ बर्षीय अजित सिंहलाई लोडेड भरुवा बन्दुकसहित पक्राउ गरेको हो। गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई भरुवा बन्दुक बोकेर रातमा हिडिरहेका सिंहले देखेर भाग्नै लाग्दा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आबश्यक कारबाहीका लागी ईलाका प्रहरी कार्यालय हिर्मिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.