श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १३ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको द्वितीया तिथि बिहान ६।१८ बजेसम्म रहनेछ यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र राति १।४५ बजेसम्म रहनेछ । यसैगरी आज सौभाग्य योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१३ मा छ भने सूर्यास्त बेलुका ५।२० बजे हुनेछ ।
चन्द्रमा आज वृश्चिक राशिमा छन् । नेवार समुदायमा आज किजा पूजा गरिने भएकाले नेपाल सरकारले पनि सार्वजनिक विदा दिएको छ । आज बुधबार हरिया वस्तुको प्रयोगसँगै विष्णु भगवान्को उपासना शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्