काठमाडाैं / पहिलो प्रेमलाई सबैले स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले पनि फष्ट लभलाई कहिल्यै भुल्न नसकिने प्रेमका रुपमा पनि चर्चा गरिन्छ । एकथरिले फष्ट लभ असफल हुन्छ भन्ने मत राख्छन् । तर, यसलाई सत्य यही नै हो भनेर मान्न सकिने अवस्था पनि देखिदैंन् । किनभने, कयौं मानिसको पहिलो प्रेम सुखद् रहेको पाइन्छ । हलिउड, बलिउडमाजस्तै नेपाली फिल्म जगतमा पनि कयौं हिरोइनहरु पहिलो प्रेम र त्यसपछिका प्रेममा पनि असफल भएका छन् ।
यसरी पहिलो प्रेममा असफल हुने अविवाहिता ८ नेपाली नायिकाः
निता ढुंगाना : पछिल्लो समयमा चकलेटी नायिका निता ढुंगाना र आमेष भण्डारीको जोडीलाई सर्वाधिक आकर्षण र मिलेको जोडीको रुपमा लिइन्थ्यो । यो जोडीको प्रेम प्रसंगका विषयमा निकै ठूलो चर्चा भयो । तर, आमेष र निताको चार वर्ष लामो प्रेम सम्बन्ध दुई महिनाअघि फाटो आएको छ । आफूहरु चाडै विवाह बन्धनमा बाधिने सार्वजनिक घोषणा गरेको यो जोडीको सम्बन्ध विवाहमा परिणत हुन सकेन । अहिले दुवै एकअर्कालाई भुल्ने प्रयास गरिरहेका छन् ।
नीता र आमेषको जोडीबीच आपसी असमझदारी र शंका कारण फाटो आएको बताइएको छ । खासगरी, उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’देखि उनीहरुको विवाद उत्कर्षमा पुगेको थियो । त्यही विवादका बढ्दैं गएपछि उनीहरु एकअर्कासँग छुट्टिएका छन् ।
मलिना जोशी : सन् २०११ की नेपाल सुन्दरी मलिना जोशीको पनि प्रेम सम्बन्ध पनि टुटेको खबर सार्वजनिक भएको छ ।‘ऋतु’, ‘द वीनर’जस्ता फिल्ममा नायिका समेत रहेकी मलिना र मोडल तथा नायक अनुपविक्रम शाहीबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम सम्बन्ध जोडिएको बताइन्छ । तर, उनीहरुको प्रेम सम्बन्ध गत वर्षको अन्त्यतिर टुटेको बताइन्छ । अरु नायिका तथा मोडलहरुको जस्तो चर्चामा नआएको यो जोडीको ब्रेकअपका विषयमा गत वैशाखमा एक कार्यक्रममा राखिएको जिज्ञाशामा मलिनाले आफूहरुबीच प्रेम नै नरहेको बताएकी थिइन ।
अनुपविक्रमले भने आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेकअप भएको बताउँदैं आएका थिए । उनीहरुसँगै हिड्ने र सँगै घुम्ने गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा नछाएका होइनन् । अनुपविक्रम र मलिनाका आकर्षक सेल्फीहरु पनि मिडियामा देखिएका थिए । रमाइलो त के भने मिडियामा उनीहरुबीच प्रेम रहेको विषयमा आएका समाचारहरु न मलिनाले खण्डन गरिन न त अनुपले नै । अहिले उनीहरु दुवै अलग—अलग रहेर आफ्नो करिअर निर्माणमा केन्द्रीत रहेको बताइन्छ ।
नम्रता श्रेष्ठ : चकलेटी नायिका रुपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । नम्रता पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् । उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन ।डिजे तान्त्रिककाण्डले उनको पहिलो प्रेम टुंगिएको बताइन्छ । काठमाडौंकी रैथाने नम्रता शालिन र भद्र नायिकाका रुपमा पनि चिन्छिन् ।
उनलाई कतिपयले त इन्टेलेक्चुअल र सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध डिजे तान्त्रिकसँगको स्क्या’न्ड’लपछि धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो । प्रेम घलेसँगको प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो । पछिल्लो समय नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आरोप समेत लाग्ने गरेको छ । अहिले नम्रता र दावा स्टीभन शेर्पा रो’मान्स गरिरहेका छन् । यो जोडी अहिले गोप्य डेटिङका लागि न्युजिल्याण्ड पुगेको छ ।
सुष्मा कार्की : नायिका सुष्मा कार्की पनि प्रेममा असफल हुने अर्की नायिका हुन् । बर्दिया स्थायी घर भएकी यी नायिका एक समय निरन शाहीसँग गहिरो प्रेममा थिइन । सार्वजनिक रुपमा पनि निरन र सुष्माको जोडीको निकै चर्चा हुने गरेको थियो । कतिसम्म भने निरनको प्रेममा पागल प्रेमी बनेकी सुष्माले आफ्नो शरीरमा निरनको नामको ट्याटु समेत बनाएकी थिइन ।
तर, तीन वर्ष प्रेम सम्बन्धमा रहेको यो जोडी आपसमा विवाद बढेपछि २०७१ साउनमा एकअर्काबाट अलगिएको हो । सुष्माका प्रेमी निरन उनलाई सार्वजनिक स्थानमै कु’ट’पी’ट समेत गर्थे । सुटिङ होस वा रेष्टुरेष्टमा उनीहरुबीच कु’ट’पी’ट भएका खबरहरु खुबै आए । निरन्तर आफूलाई सार्वजनिक स्थानमै कु’ट’पी’ट गर्न थालेपछि सुष्माले निरनबाट ब्रेकअप लिएकी हुन् । त्यसअघि उनको नाम निर्देशक सुदर्शन थापासँग जोडिएर चर्चामा नआएको होइन ।
नम्रता सापकोटा : नायिका नम्रता सापकोटा पनि प्रेममा विछोडको पीडा झेल्ने नायिका पर्छिन । एक समय उनको सागर श्रेष्ठसँग गहिरो प्रेम थियो । यो जोडीको २ वर्षसम्म प्रेम सम्बन्ध २०७१ सालको भदौतिर ब्रेकपअमा टुंगिएको थियो । आपसमा विचार नमिलेपछि र विवाद बढ्दै गएपछि नम्रता र सागर अलग भएका हुन् ।
कतिसम्म भने नम्रताले प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू सागरको प्रेममा पग्लिएको बताउँदैं आएकी थिइन । ‘अन्तराल’बाट डेब्यु गरेकी नम्रतालवे झण्डै २ सय म्युजिक भिडियोमा अभिनय गरेको बताउँदैं आएकी छिन् । नम्रताको ‘ब्रास्लेट’ फिल्म प्रदर्शनको तयारीमा छ ।
जेनिशा केसी : कुनै समय विराज भट्टसँग नाम जोडिएर चर्चामा आएकी नायिका जेनिशा केसीको पनि ब्रेकअप भएको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी यी नायिकाले हालैमात्र आफ्नो ब्रेकअप भएको बताएकी छिन् । एक अनलाइनसँगको कुराकानीमा उनले आफ्नो ब्रेकअप भएको कुरा स्वीकार गर्दै विगतका पललाई नकोट्याउन आग्रह गरिन् । ‘भो विगतका पलहरुलाई नकोट्याउ,’ उनले भनिन् । जेनिशाका खुल्न नसकेका प्रेमीसँग विवाहको तयारी पनि अगाडि बढेको बताइन्छ । तर, २ वर्ष लामो उनीहरुबीचको प्रेम केही महिनाअघि मात्र ब्रेकअप भएको हो ।